पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
साेलुखुम्बु – सोलुखुम्बुका किसानले आफूहरूले उत्पादन गरेको बन्दाले भाउ नपाएको गुनासो गरेका छन् । रासायनिक मल र विषादीको प्रयोगविना उत्पादन गरिएका अर्गानिक बन्दा किलोको १० रुपैयाँमा बिक्री गर्न पनि कठिन भएको सोलुदुधकुण्ड नगरपालिका–६ छुल्यामुका राजु विश्वकर्माले बताउनुभयो ।
उहाँले झन्डै ३० किलो बन्दा साप्ताहिक हाट नयाँ बजारमा बिक्रीका लागि ल्याउनुभएकाे थियाे । मेहनत गरेर उत्पादन गरेको अर्गानिक बन्दाले मूल्य नपाउनु त छँदैछ अर्कोतर्फ सस्तो मूल्यमा समेत बिक्री नहुँदा उहाँ चिन्तित हुनुहुन्छ । नयाँ बजारमै खोरियाकी ल्हेमी लामाले पनि बन्दा बिक्रीका लागि ल्याउनुभएकाे थियाे । तर कौडीको भाउमा समेत बन्दा बिक्री नभएपछि के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । बिक्री नभएको बन्दा बजारमै छोड्ने वा फिर्ता लैजाने भन्नेमा उहाँ दोधारमा हुनुहुन्छ ।
नयाँ बजारमा शनिवार बन्दा प्रतिकिलो १० देखि २० रुपैयाँसम्ममा बिक्री भएको थियो । किसानले मेहनत गरी लगाएको बन्दाले लगानी त परको कुरा गाडी भाडासमेत उठान मुस्किल भएपछि उनीहरू चिन्तित बनेका छन् ।
तरकारीले बजार तथा मूल्य नपाउँदा कुहिएर खेर जाने अवस्थामा पुगेको लोखिम घर भई सल्लेरीमा तरकारी खेती गर्दै आउनुभएका सन्देश राईले बताउनुभयो । तराईबाट भित्रिने तरकारीका कारण आफूहरूको उत्पादन नबिकेको किसानहरूको गुनासो छ ।
जिल्लामा बन्दा उत्पादन बढी र खपत कम हुँदा अर्गानिक उत्पादन वस्तुभाउलाई खुवाउन किसान बाध्य छन् । अर्कोतर्फ तराईबाट भित्रिने रसायनयुक्त तरकारीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा स्थानीय उत्पादन कुहिएर खेर जाने अवस्थामा पुगेका छन् । जसका कारण तरकारी खेतीबाट आम्दानी गर्ने सोचका साथ अघि बढेका किसानहरू चिन्तामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।