हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
सोलुखुम्बु - बाढीले सोलुखुम्बुको दिप्लीघाटमा रहेकाे बेलीब्रिजमा क्षति पुर्याएकाे छ ।
निरन्तरको वर्षापछि आएकाे बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्ली र सोताङ गाउँपालिका-१ खोर्दाको सिमानामा रहेको बेलीब्रिजमा क्षति पुगेकाे हाे ।
स्थानीय तुलकुमार लामिछानेले पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको र पुल नजिकै रहेको एउटा डाेजर, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको जानकारी दिनुभयाे ।
खोलामा जलसतह बढिरहेकाले थुलुङ दुधकोशी-८ तर्फको तीन घर जोखिममा परेका छन् । खोला नजिकै रहेको केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा परेका हुन्।
पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारिका सोताङ र महाकुलुङ जाने गाडी राेकिएका छन् । आज बिहानदेखि पुल ढल्किएपछि कोशी पारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, काठमाण्डौलगायतका लागि छुटेका गाडी अलपत्र परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।