पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रीन इङ्ग्लिस बोर्डिङ स्कुलमा जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत एक सय ३० जना विद्यार्थीकाे सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले वडाध्यक्षसँग अन्तरक्रियासमेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो । जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रममा सन्धिखर्क वडा नम्बर २ का अध्यक्ष मोतिजंग रायमाझीले वडा कार्यालयबाट हुने सेवा प्रवाह र शिक्षा नीतिका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो ।
छात्राहरूका लागि सरकारले निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भने पनि आफूहरूलाई किन वडा तथा नगरपालिकाबाट उपलब्ध नभएको भनी छात्राहरूले वडाध्यक्ष रायमाझीलाई प्रश्न गरेका थिए । उनीहरूले छात्रवृत्ति तथा अन्य कार्यक्रमहरूमा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई किन समावेश नगराएकाे भनेर साेधे ।
जवाफमा वडाध्यक्ष रायमाझीले सेनेटरी प्याड छात्राहरूले निःशुल्क पाउनुपर्ने सरकारको नीति भए पनि निजी विद्यालयमा नआएकोबारे आफूले नगरसभामा कुरा उठाउने बताउनुभयाे । उहाँले जबरजस्ती करणी र महिला हिंसाका घटना न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा भौतिक तथा अन्य विकासमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।