टिकटक र चाइल्ड सेफनेटले बालबालिका र युवाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै

 मंसिर ८, २०८१ शनिबार १८:९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य शुरू गरेको छ । सहकार्यको पहिलो चरणमा बाग्मती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावक र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने चाइल्ड सेफनेटले जनाएको छ ।

यसकै शिलशिलामा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरिसकेको छ । कार्यशालामा सहभागीहरूलाई डिजिटल प्रविधिसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउन र डिजिटल प्रविधिको सकरात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।

बाल तथा युवामैत्री विधि प्रयोग भएको अन्तरक्रियात्मक कार्यशालामा सहभागीहरूले साइबर बुलिङ, घृणास्पद सामग्री (हेट स्पीच), भ्रामक र गलत सूचना (मिस/डिस इन्फर्मेसन), अनलाइन ग्रुमिङ, हानिकारक सामग्री (यौन र हिंसात्मक सामग्री) बारे छलफल गर्दै तिनबाट सुरक्षित रहन सिकेका छन् ।

टिकटकको सामुदायिक साझेदार च्यानलका रूपमा चाइल्ड सेफनेटले टिकटकमा हुनसक्ने बाल दुर्व्यवहारका घटनाहरू टिकटकमा पठाउने छ । बाल दुर्व्यवहारका घटनाहरू [email protected] मा पठाउन सकिने छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया