विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - कोरोना-वनको बाघभालु र मनको भूतप्रेतभन्दा पनि डरलाग्दो ! अरु भाइरसभन्दा निकै खाइलाग्दो ! मान्छे देख्ने बित्तिकै जाइलाग्दो ! डरलाग्दो र अभरलाग्दो ! नाम सुन्नेबित्तिकै मुटु थरथर हुने ।
विदेशमा कोही कोरोनाले मर्यो भन्ने सुन्दा जिउ सिरिङ्ग हुने । नेपालमै दुई जनालाई देखियो रे नि भन्दा हातखुट्टा लल्याकलुलुक भएर काँप्ने । सात महिना अघिसम्म नेपालीको अवस्था यस्तै थियो, कोरोनाको नाम सुन्नेबित्तिकै तर्सने । तर अहिले अवस्था फेरिएको छ ।
पहिले अरु सबै देशमा पुगिसक्दा पनि नेपाल छिर्ने कि नछिर्ने भनेर दोधारमा रहेको कोरोना अहिले नेपाल छाड्ने कि नछाड्ने अलमलमा छ ।
कोरोनाले सबैभन्दा पहिले देखाएको अवतार हो लकडाउन । नेपालीले मात्रै होइन, विश्वका धेरै नागरिकले जिन्दगीमै पहिलोपटक लकडाउन भन्ने सुने र लकडाउनको भरपुर अभ्यास गरे । दुई, चार जनालाई कोरोना लागेर लकडाउन हुँदा सबैजना घरबाट निस्कन डराए । भान्सा कोठाबाट सुत्ने कोठासम्म, सुत्ने कोठाबाट थुक्ने ठाउँसम्म जाँदा पनि खुट्टा काँप्यो ।
श्रीमान-श्रीमती पनि सँगै बस्न डराए । कोरोनाले सबैको सातो लियो । घरको मूल ढोकामै कोरोना ढुकेर बसेजस्तो ठानेर सबैको भोकतिर्खा हरायो । कोरोनाको पहिलो यो अवतार निकै डरलाग्दो थियो ।
डरको भरमा नेपाल छिरेको कोरोनालाई नेपालीले बिस्तारै टेर्न छाडे । पल्लो घरमा कसैलाई कोरोना लाग्यो रे भन्ने थाहा हुँदा पनि ‘ए कोरोना पो’ भनेर वास्ता नगर्नेहरु धेरै देखिन थालेका छन् ।
बाटोमा हिँड्दा, गाडीमा चढ्दा, बजार पसल जाँदा कोरोना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि डर लाग्न छोडेको छ । पहिले बाघ जस्तो लाग्ने कोरोनाले अहिले बिरालोको जति दर्जा पनि पाउँदैन । यो कोरोनाको दोस्रो अवतार हो ।
कहिले यस्तो र कहिले उस्तो अवतारमा देखिने कोरोनाले मान्छेको अवतार पनि बदल्यो । कोरोनाको कारण फेरिएको मान्छेको एउटा अवतार हो-मुखमा मास्क । कोरोनाको नाम सुन्नुभन्दा पहिले पनि धुवाँधुलो छेक्न मुखमा मास्क लगाइन्थ्यो । तर काठमाण्डौको धुलोलाई गिज्याएको भन्दै प्रधानमन्त्रीले मास्क लगाउनेलाई बिरोधी नजरले हेर्नुभयो ।
त्यसपछि धेरैले मास्क लगाउन छाडिसकेका थिए । अहिले भने शरीर ढाक्ने अरु लुगाकपडा भन्दा मास्क महत्वपूर्ण भएको छ । धेरैले दशैँमा अरु लुगा नकिनेर मास्क किने । बरु नाङ्गै हिँड्दा केही हुन्न, मास्क नलगाउँदा चाहिँ लाज हुन्छ अहिले ।
मास्क लगाउन परेपछि नाकमा गहना र ओठमा लिपिस्टिक दल्न नपर्ने भएकाले महिलाहरुलाई फाइदा भएको छ । पुरुषहरुको पनि दाह्री छोप्ने भएकाले हरेक दिन दाह्रीजुँगा काट्नुपर्ने झण्झटबाट मुक्ति मिलेको छ ।
समाजमा अनुहार देखाउन लाज हुनेहरुलाई त मास्कले सबैभन्दा धेरै फाइदा गरेको छ । मुखमा मास्कसँगै साथमा स्यानिटाइजर अनिवार्य भइसकेको छ । जाँडरक्सी छुँदै छुन्न भन्ने बाहुनहरुसमेत हिजोआज सुनपानी शीरमा छर्किएझैँ हातमा स्यानिटाइजर छर्केर मात्र पूजाआजाको काम गर्छन् । मुखमा मास्क र हातमा स्यानिटाइजर कोरानाको कारण उत्पन्न तेस्रो अवतार हो ।
कोरोनाको यो चौथो अवतारले विद्यार्थीलाई मात्र होइन, सरमिसलाई पनि हुनसम्म फाईदा भएको छ ।
कोरोनाको चम्किलो र झलझलाकार पाँचौं अवतार हो, सबैतिर डिजिटल । डिजिटल बैंक, डिजिटल पसल, डिजिटल कारोबार, डिजिटल बैठक, डिजिटल आमसभा, डिजिटल श्राद्ध, डिजिटल कक्षा । सबैतिर डिजिटल चम्किरह्यो भनेर कुनै दिन डिजिटल विवाह, डिजिटल हनिमुन, डिजिटल सुत्केरी, डिजिटल श्वासप्रश्वास पनि देख्न र सुन्न पाइएला ।
कोरोनाले धेरैको काम र कमाइ गुम्यो । कमाइ नभएपछि कहीँ कतै खर्च गर्न परेन । पैसा नभएर केही किन्न नपरेपछि आनन्दै । आफूसँग जे छ, त्यही खायो, बस्यो । सकिएपछि पाए खायो, नखाए चुप लाग्यो । हुने खाने, ठूलाबडा र पहुँचवालालाई त सदाबहार जे गर्न पनि छुट छँदैछ ।
कोरोनाको बहानामा कमाउन पनि पाइएको छ, रमाउन पनि पाइएको छ । कोरोनाको कारण उत्पन्न छैटौं अवतारले गरिबलाई पनि धनीसरह बनाउने र देशमा समृद्धि ल्याउने समाजवाद उन्मुख सरकारको कार्यशैलीलाई उधुमसित सजिलो पारि दिएको छ ।
कोरोनाको सातौं अवतार झनै अचम्मलाग्दो छ । पहिलेपहिले हरेक दिन जाग्ने कोरोना हिजोआज हप्तामा दुई दिन मात्रै जाग्छ । कोरोनालाई दशैँ छुट्टी दिएको सरकारले अहिले हप्तामा दुई दिन मात्रै कोरोना पुराण भट्याउने नीति लिएको छ ।
यसको मतलब कोरोनाको हरहिसाब हप्तामा दुई दिन मात्रै भट्याइदिए पुग्छ । अरु दिन त कोरोनाले केही गर्दैन । गर्न खोजे पनि कसैले टेर्दैनन् । अरु त के कोरोनाले नै टेर्दैन । लकडाउन, नाकाबन्दी, कर्फ्यु, निशेषाज्ञा, जोरबिजोर, आलोपालो जे नाम दिएर तर्साउँदा पनि नतर्सेको कोरोनालाई अब केही गरेर पनि सकिँदैन भनेर सरकार हार मानेर बसेको छ ।
हार मानेर हात बाँधेको सरकार र जाबो रुघाखोकीसँग पनि के डराउनु भनेर कोरोनासँगै हिँडडुल गर्न थालेका नागरिकको सातौं अवतारले अर्को कुन अवतार लिन्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।