विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - आउँदो जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।
जेठ १ देखि लागू हुने गरेर सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित र प्रयोगात्मक दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।
अहिले प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने भए पनि नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अङ्कभारको व्यवस्था गरिएको छ र ७० अङ्क ल्याएमा लाइसेन्सको ट्रायल पास हुने व्यवस्था गरिएको छ । यो व्यवस्थापछि सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनु पर्दैन ।
यसअघि प्रयोगात्मक परीक्षा पास गर्ने दर २० देखि ३० प्रतिशतमात्रै थियो । नेपालको जस्तै व्यवस्था भएको भारतलगायत देशहरुमा अध्ययन गर्दा यो अलि अव्यावहारिक भएको पाइएकाले परीक्षाको मोडालिटी परिवर्तन गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताउनुभयो ।
उज्यालोसँग कुरा गदै उहाँले भन्नुभयो-‘भारत, चीन, अमेरिकालगायत देशहरुको अध्ययन गर्दा नेपालको प्रयोगात्मक परीक्षाको व्यवस्था कठिन, जटिल, असहज र सेवाग्राही मैत्री नभएको हामीहरुको निष्कर्ष रह्यो । यसलाई थप सहज बनाउन हामीहरुले नयाँ मोडालिटी ल्याएका हौँ ।’
गएको चैत ६ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले चालक अनुमतिपत्र परीक्षा सञ्चालनका लागि नयाँ कार्यविधि निर्देशिका ल्याउन निर्णय गरेको थियो । मन्त्रालयको सैद्धान्तिक स्वीकृति अनुसार विभागले जेठ १ गतेदेखि लागू हुने गरेर कार्यान्वयनमा लैजान लागेको हो ।
अङ्कभार विभाजन गर्नुको अर्थ
अहिलेसम्म ट्रायल सेन्टरमा हेरेकै भरमा पास र फेल गर्ने गरिन्छ । अब भने प्रयोगात्मक परीक्षा लिने ठाउँमा प्रशिक्षार्थीले जे-जे गतिविधि गर्छन् त्यसको मूल्याङ्कन हुने भएको छ । त्यसका लागि विभिन्न चरणहरुमा प्रशिक्षार्थीलाई नम्बर दिइनेछ ।
यसअघि शतप्रतिशत अङ्क ल्याएमा मात्रै उत्तीर्ण हुने गरेकामा अब भने १०० पूर्णाङ्कमा ७० प्रतिशत अङ्क ल्याउनेहरु पास हुनेछन् । विभागका सूचना अधिकारी भुषालले अहिलेसम्म सयमा सय नै ल्याउनुपर्ने भन्ने कुरा आफूहरुलाई अव्यावहारिक र अस्वाभाविक लागेर नै यस्तो व्यवस्था गरिएको बताउनुभयो ।
अरु क्षेत्रमा शतप्रतिशत अङ्क ल्याउन भए पनि चालक अनुमतिपत्रका लागि भने शतप्रतिशतको मापदण्ड रहेकाले त्यसलाई परिमार्जन गरिएको उहाँले बताउनुभयो । अमेरिकाजस्तो विकसित देशमा पनि १५ वटासम्म गल्ती गर्नेहरुलाई पास गराउने अभ्यास रहेकाले हाम्रोमा रहेको व्यवस्था अस्वाभाविक रहेको निष्कर्ष निकालिएको भुसालको भनाइ रहेको छ ।
नयाँ व्यवस्थाले अयोग्यले पनि लाइसेन्स पाउने सम्भावना कति ?
चालकको लापरबाहीका कारण दुर्घटनाहरु हुने गरेका छन् । अहिलेसम्मको अभ्यासले शतप्रतिशत अङ्क ल्याएर लाइसेन्स प्राप्त गर्नेहरु पनि दुर्घटनामा परेका छन् । कतिपय व्यक्तिहरुले नयाँ मोडालिटीअनुसार जस्तो व्यक्तिले पनि लाइसेन्स पाउने समस्या रहने र दुर्घटना बढ्न सक्ने आशङ्का गरे पनि त्यस्तो नहुने यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसालको भनाइ छ ।
नयाँ व्यवस्थाले अयोग्य व्यक्तिले पनि लाइसेन्स पाउने सम्भावना नहुने भन्दै उहाँले अहिलेसम्मको व्यवस्थालाई थप व्यवस्थित बनाउन मात्रै खोजिएको बताउनुभयो । ट्रायल सेन्टरमा १० मिनेटमा गरिएको परीक्षाको आधारमा मात्रै चालकले लापरबाही गर्ने/नगर्ने कुराको ग्यारेन्टी गर्न नसकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।